Trend
बिहिबार , पुष १७, २०८२

पुस ७ –
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले नेपाल भलिबल संघद्वारा आयोजना हुने नवौँ एन.भि.ए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअनुसार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा २०८२ पुस  ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा क्लबले पुरुषतर्फको टिम दर्ता गराएर प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगिताका लागि क्लबले १५ सदस्यीय टिम चयन गरेको छ । टिममा नारायण थापा क्षेत्री, अनिश पाण्डे, उमेश थापा क्षेत्री, शेर बहादुर भुलामी मगर, मिसन खड्का, तुसार क्षेत्री, मिलन सुनार, दिल बहादुर रावल, दीपक रेश्मी, सञ्जय सुनार, करन नेपाली र लक्ष्मण सुनार रहेका छन् । यस्तै, टिमको प्रशिक्षकमा दुर्गा बहादुर खत्री, सह–प्रशिक्षकमा निशान रोका र व्यवस्थापकको जिम्मेवारीमा विष्णु बेल्बासे रहेका छन् । साथै, खिल्जीकै युवा व्यक्तित्व प्रकाश दाईले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् ।

खिल्जी युवा क्लबका अध्यक्ष विष्णु बेल्बासेले प्रतियोगितामा सहभागिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय स्तरमा क्लबको पहिचान स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि क्लबले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु खिल्जी क्षेत्रका युवाका लागि प्रेरणादायी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP