Trend

श्याम घिमिरे माघ १ अर्घाखाँची — जिल्लामा कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२ सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका–२, त्रिवेणीधाममा आयोजना गरिएको मेला माघे सक्रान्तीको दिन सम्पन्न भएको हो । मेलाको नारा “कृषि, पर्यटन र उद्योगमा विस्तार, समतामूलक सहभागिता, समृद्ध अर्घाखाँचीको मूल आधार” रहेको छ । मेला मार्फत स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योग, धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गरिएको थियो ।

मेलाको मुख्य आयोजक अर्घाखाँची उद्योग वाणिज्य संघ, सन्धिखर्क रहेको छ भने संरक्षकका रूपमा सन्धिखर्क नगरपालिका, अर्घाखाँची रहेको छ । पर्यटन विकास परिषद् लुम्बिनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत निकायहरूको सहकार्यमा मेला सम्पन्न गरिएको हो ।

मेलामा जिल्लाका विभिन्न पालिकाबाट आएका कृषक, उद्यमी तथा व्यवसायीहरूले आफ्ना उत्पादनका स्टल राखेका थिए । साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको झल्को दिने सामग्रीहरू समेत प्रदर्शनीमा राखिएका थिए । मेलाले स्थानीय उद्यमीलाई हौसला प्रदान गर्नुका साथै रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र अर्घाखाँचीको पहिचान स्थापित गर्न सहयोग पु¥याउने विश्वास लिइएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।

मेलाको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले कृषि, पर्यटन र उद्योग अर्घाखाँचीको समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्दै स्थानीय उत्पादनको संरक्षण र बजारीकरणमा यस्ता मेलाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कुष्ण प्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी,पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायतले मेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता,उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मनतब्य महासचिव तुल्सी खनालको सञ्चालनमा सम्पन्न कार्यक्रमका मेला स्थलमा प्रदर्शनीमा सहभागिता जनाएका विभिन्न क्षेत्रका कृषक तथा व्यवसायीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP