Trend
बिहिबार , फागुण २८, २०८२

२०८२ माघ ७ – लुम्बिनी प्रदेश सरकारले बसन्त पञ्चमी (श्रीपञ्चमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै वि.सं. २०८२ माघ ९ गते शुक्रबारका दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो । प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४ मा प्रकाशित सूचनाअनुसार बसन्त पञ्चमीका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा विद्यालयहरू बन्द रहनेछन् ।

प्रदेश सचिव लोक बहादुर सुनारद्वारा हस्ताक्षरित सूचनामा बसन्त पञ्चमीको सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बसन्त पञ्चमीलाई विद्या, कला र संगीतकी देवी सरस्वतीको पूजा गर्ने पर्वका रूपमा मनाइन्छ । यस दिन विशेषगरी विद्यार्थीहरूले सरस्वती पूजा गरी अक्षरारम्भ गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP