Trend
बुधबार , माघ २२, २०८२

श्याम घिमिरे
माघ २०, सन्धिखर्क –

नेकपा एमाले सन्धिखर्क नगर कमिटी उपाध्यक्ष नारायण खड्का तथा सामाजिक व्यक्तित्व माधव खड्काकी आमा एवं पदमबहादुर खड्काकी जिवनसंगिनी झबिन्द्रकला खड्काको ७३ वर्षको उमेरमा गएराति निधन भएको छ । केही दिनअघि आगो ताप्ने क्रममा आफ्नै निवासमा जलनमा पर्नुभएकी खड्काको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो । उपचारपछि सोमबार मात्रै घर फर्काइएकी उहाँको स्वास्थ्य अवस्था फेरि जटिल बन्दै गएपछि गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवङ्गत खड्काको सन्धिखर्कस्थित गच्छे घाटमा आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले दिवङ्गत खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले स्वर्गीय खड्कालाई सरल, मिलनसार र परिवारप्रति समर्पित व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो ।

अन्त्येष्टि कार्यक्रममा सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कमलप्रसाद भुसाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य केबी भुसाल, शिद्धि प्रसाद भुसाल,एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु पोख्रेललगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । दिवङ्गत खड्काको निधनले खड्का परिवारसहित सन्धिखर्क क्षेत्र शोकमग्न बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने


TOP