श्याम घिमिरे माघ २८ अर्घाखाँची, — लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मिति २०८२ पौष २८ को पत्रानुसार अर्घाखाँची अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष रामबहादुर रायमाझीको स्वागत, परिचयात्मक तथा पदभार ग्रहण कार्यक्रम बुधवार सम्पन्न भएको छ । साथै निवर्तमान अध्यक्ष बलराम मिश्रलाई सम्मान गरिएको छ ।
पदभार ग्रहण कार्यक्रमा बोल्दै नवनियुक्त अध्यक्ष रायमाझीले आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै अस्पतालको समग्र विकासमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले अस्पतालको सेवा विस्तार, गुणस्तर अभिवृद्धि र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । 
अर्घाखाँची अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीको अध्यक्षता, डा.खगेन्द्र आचार्यले स्वागत मन्तव्य र अस्पताल व्यवस्थापक शिव बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो अशोक कुमार चौहानले जानकारी दिनुभएको छ ।









