Trend
शुक्रबार , फागुण १५, २०८२

श्याम घिमिरे फागुन १५ अर्घाखाँची — जिल्लामा आजदेखि मतगणना कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मदिरा बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ । निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउने उद्देश्यले उक्त निर्णय गरिएको हो । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले सर्वपक्षीय बैठकमार्फत सो निर्णयको जानकारी गराउँदै निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँका अनुसार निर्णयको उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा निर्वाचन आचारसंहिता तथा प्रचलित ऐन–कानुन बमोजिम सम्बन्धित दुवै पक्षमाथि कानुनी कारबाही गरिनेछ । जिल्लावासी, व्यवसायी तथा सरोकारवालाहरूलाई उक्त निर्णयको पूर्ण पालना गर्न जिल्ला प्रशासन तथा निर्वाचन कार्यालयले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP