बहर मुतदारिक मुसम्मन सालीम
अर्कानः– फाइलुन् ×४
वजन २१२–२१२–२१२–२१२
काफियाः – ई स्वर
रदिफः– के दिऊँ
दुःखमा जेलिएँ जिन्दगी के दिऊँ
हरघडी प्रेमको डायरी के दिऊँ
कोपिला फूलको मालती के दिऊँ
चम्किला रूपमा चाँदनी के दिऊँ

प्रेमको हारले होस गुम्दै गयो
टुक्रिएको छ मन सापटी के दिऊँ
दुष्ट छाँया प¥यो बैंसको भेलमा
अम्मली ओठको माधुरी के दिऊँ
आँगनी छेउमा देख्छु जन्तीसँगै
जुर्न थाल्यो लगन ढुकढुकी के दिऊँ।
✍️डिल्लीराज घिमिरे (सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची





