सोमबार २८ बैशाख २०८३

                                                                फाइल तस्विर

बैशाख २८ –बजारमा हुने अनियमितता, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ सुरु गरेको छ । अभियान अन्तर्गत सबै पालिकाले पसल तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिनेछन् भने नियमित बजार अनुगमनसमेत गरिनेछ ।

सरकारले मूल्य पारदर्शिता भनेको वस्तु तथा सेवाको वास्तविक मूल्य स्पष्ट रूपमा सार्वजनिक गरी उपभोक्तालाई सही जानकारी दिनु रहेको जनाएको छ । यसले कालोबजारी, ठगी र कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यो अभियान आउँदो जेठ ३ गतेसम्म चल्नेछ ।

यसैगरी, सरकारी कार्यालयलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउन ‘सरसफाइ सप्ताह २०८३’ पनि सुरु भएको छ । अभियान अन्तर्गत कार्यालय, शौचालय, परिसर तथा सूचना प्रणालीलाई व्यवस्थित र सफा राख्न विशेष जोड दिइएको छ ।

मूल्य पारदर्शिता भनेको के हो ?

• वस्तु तथा सेवाको वास्तविक मूल्य स्पष्ट रूपमा सार्वजनिक गर्नु ।
• सबै ग्राहकलाई एउटै वस्तु एउटै मूल्यमा उपलब्ध गराउनु ।
• पसल, होटल, सेवा केन्द्र आदिमा अनिवार्य रूपमा मूल्यसूची राख्नु ।
• उपभोक्तालाई किनमेलअघि नै सही मूल्यको जानकारी दिनु ।
• कृत्रिम मूल्यवृद्धि, कालोबजारी र ठगी नियन्त्रण गर्नु ।
• बजारमा निष्पक्ष प्रतिस्पर्धा र विश्वास कायम गर्नु ।
• उपभोक्ताको अधिकार संरक्षण गर्दै सहज र सुरक्षित कारोबार सुनिश्चित गर्नु ।
• बजार अनुगमनमार्फत तोकिएको मूल्य कार्यान्वयन भए/नभएको निगरानी गर्नु ।


Last Updated on: May 11th, 2026 at 10:51 am
२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया