
श्याम घिमिरे जेठ २९ अर्घाखाँची –
धार्मिक आस्था तथा सनातन परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धेश्वर शिवालय मन्दिर सन्धिखर्क २,भक्तिटोलमा यस वर्ष पनि पुरुषोत्तम मासको अवसरमा पुरुषोत्तम महात्म्य पूजा, पाठ तथा प्रवचन कार्यक्रम आयोजना गरेको छ । आयोजकका अनुसार कार्यक्रम २०८३ साल जेठ २९ गते शुक्रबारदेखि प्रारम्भ भई जेठ ३१ गते आइतबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पुरुषोत्तम मासको महिमा, धार्मिक महत्व तथा आध्यात्मिक लाभका विषयमा विद्वान वक्ताहरूबाट प्रवचन प्रदान गरिनेछ भने पूजा, पाठ तथा अन्य धार्मिक अनुष्ठानहरू समेत सम्पन्न गरिनेछन् ।
आयोजकले पुरुषोत्तम मासको महत्त्व बुझी धर्म, संस्कार तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्न इच्छुक सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागी भई अनन्त पुण्य लाभ लिन आग्रह गरेको छ । कार्यक्रम अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ । आयोजकले श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य र सफल बनाउने विश्वास व्यक्त गरेको छ ।