बिहिबार ०४ मंसिर २०८३

जहाँ दिव्य गाथा स्वयम् मेटिँदै छन्
त्यहीँ प्राण दाता महान् देखिँदै छन्

दिई व्याप्त पीडा डसी सर्पले झैँ
गरी चाप्लुसी खुद उनै सम्झिँदै छन्

विगतका प्रहरमा सिको मेरो गर्दै
खुलेआम हात्ती बनी निस्किँदै छन्

बिना अर्थ व्यर्थै जलाएर आगो
अहङ्कार बोक्ने स्वयम् नाङ्गिँदै छन्

भयो लाज कस्तो गजलको सफरमा
जुनकिरीका सामु कुकुर तर्सिँदै छन् ।

✍️ डिल्लीराज घिमिरे ( सङ्गम)
भूमिकास्थान९ अर्घाखाँची


Last Updated on: November 18th, 2026 at 9:15 am
८ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑