
सधैँ उस्तै नयाँपनको गरौँ स्वागत सखा भन्छिन्
चढी डुङ्गा सुनामीको कहरभित्रै नजा भन्छिन्
हुँदा एक्लै उनी आखिर यही संसारका सामु
जवानीको हुरीले नै उडाएको कथा भन्छिन्
सजल तिम्रा नयन हेरी अँधेरीमा छरी ज्योति
रहर बोकी गगनमाथि उडे व्यर्थै चरा भन्छिन्
बिते मेरा दिवारात्री धरामा देवता खोज्दै
सजाई आरती मैले गरेँ खुब वन्दना भन्छिन्
सुनौला गीतमा हुन्छौ सधैँ मीठो मधुरताले
सबैको मन छुने शैली असल तिम्रो कला भन्छिन् ।
✍️डिल्लीराज घिमिरे( सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची