Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुष १७ सन्धिखर्क-

रेन्बो मन्टेश्वरी स्कुल सन्धिखर्क २ मा सनिवार देखि खेल दिवश सुरु भएको छ । बिद्यालयको बार्षिक कार्यक्रम अनुसार आईतवार सम्म सञ्चालनहुने दिवसको एक कार्यक्रमका बिच बिद्यालय संचालक समितीका अध्यक्ष डाक्टर महेन्द्र प्रताप रायमाझीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै डा.रायमाझीले बिद्यालयलाई पहिचाहन सहितको उत्कृष्ट बिद्यालय बनाउन सवै पक्षको सहयोग चाहिने बताउनुभयो ।

खेलकुदको माध्ययमबाट जिल्ला र देशलाई चिनाउन खेलाडीहरुको महत्वपुर्ण भूमिका रहने भन्दै सोही अनुरुप बिद्यालयले यस्ता गतिबिधि गर्ने गरेको बताउनुभयो । रायमाझीले निजी बिद्यालय चलाउन चुनौतीहरु धेरै भएतापनि बिद्यार्थीहरुको प्रगती देख्दा आफुहरुको आत्मबल बलियो भएको दाबि समेत गर्नुभयो । सानै उमेरबाट खेलकुदमा सहभागी हुनपाउँदा आफुहरु खुसि भएको बिद्यार्थीहरुको भनाई रहेको छ ।

आईतवारसम्म सञ्चालन हुने खेल दिवसमा बिभिन्न १२ प्रकारका खेलहरु खेलाईने बिद्यालयका प्रबन्ध निर्देशक रमेश चुँदालीले जानकारी दिनुभयो । २०७१ सालमा स्थापना भएको स्कुलमा अहिल कक्षा ४ सम्म पढाइ भईरहेको र चार सय भन्दा धेरै बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयका प्रिन्सिपल भविश्वर थापाले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला सहसचिव हृदय कुमार भुसाल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । बिभिन्न गित संगित र नृत्य सहित संचालन भएको कार्यक्रम शर्मिला भुसालको स्वागत मनतब्य र रमेश  चुँदालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP