Trend
बिहिबार , असार २६, २०८२

श्याम घिमिरे,
पुष १७ सन्धिखर्क-

रेन्बो मन्टेश्वरी स्कुल सन्धिखर्क २ मा सनिवार देखि खेल दिवश सुरु भएको छ । बिद्यालयको बार्षिक कार्यक्रम अनुसार आईतवार सम्म सञ्चालनहुने दिवसको एक कार्यक्रमका बिच बिद्यालय संचालक समितीका अध्यक्ष डाक्टर महेन्द्र प्रताप रायमाझीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै डा.रायमाझीले बिद्यालयलाई पहिचाहन सहितको उत्कृष्ट बिद्यालय बनाउन सवै पक्षको सहयोग चाहिने बताउनुभयो ।

खेलकुदको माध्ययमबाट जिल्ला र देशलाई चिनाउन खेलाडीहरुको महत्वपुर्ण भूमिका रहने भन्दै सोही अनुरुप बिद्यालयले यस्ता गतिबिधि गर्ने गरेको बताउनुभयो । रायमाझीले निजी बिद्यालय चलाउन चुनौतीहरु धेरै भएतापनि बिद्यार्थीहरुको प्रगती देख्दा आफुहरुको आत्मबल बलियो भएको दाबि समेत गर्नुभयो । सानै उमेरबाट खेलकुदमा सहभागी हुनपाउँदा आफुहरु खुसि भएको बिद्यार्थीहरुको भनाई रहेको छ ।

आईतवारसम्म सञ्चालन हुने खेल दिवसमा बिभिन्न १२ प्रकारका खेलहरु खेलाईने बिद्यालयका प्रबन्ध निर्देशक रमेश चुँदालीले जानकारी दिनुभयो । २०७१ सालमा स्थापना भएको स्कुलमा अहिल कक्षा ४ सम्म पढाइ भईरहेको र चार सय भन्दा धेरै बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयका प्रिन्सिपल भविश्वर थापाले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला सहसचिव हृदय कुमार भुसाल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । बिभिन्न गित संगित र नृत्य सहित संचालन भएको कार्यक्रम शर्मिला भुसालको स्वागत मनतब्य र रमेश  चुँदालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP