Trend
बुधबार , फागुण ६, २०८२

पुस १९- अर्घाखाँँचीको शितगंगा नगरपालिका १० बहखोरकी राधा थापा सधैँ झैँ आइतवार बिहान पनि बिहानै उठेर दूध लिन जानुभयो । बिहानै उठेर नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन जाने उहाँको दैनिकी थियो ।

बहखोरमा होटल व्यवसाय गर्दै आउनुभएकी थापा होटलमा आएका पाहुना तथा ग्राहकलाई चिया खुवाउन भनेर दूध लिन आइतवार बिहान पनि जानुभयो । तर ६० वर्षीय थापा बिहान ९ बजेसम्म पनि दूध लिएर आउनुभएन । दुध लिएर नआएपछि किन ढिला भयो भनेर आफन्तले फोन गरे । दूध लिन जाने ठाउँमा उहाँ नगएको भन्ने थाहा पाएपछि स्थानीयवासी र आफन्तले खोजी गर्न थाले ।

खोजी गर्दै जाँदा नजिकैको खोल्सीमा थापा मृत अवस्थामा भेटिनुभयो । स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी आएर घटना हेर्दा हत्या भएको हुन सक्ने आशङ्का गरेपछि प्रहरी र स्थानीयवासीले हत्याराको खोजी गर्न थाले । खोजी गर्दै जाँदा थापालाई हत्या गरी भागेका भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई प्रहरीले पक्राउ ग¥यो ।

हत्या गरेर थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक सिंहलाई शितगंगा नगरपालिका ११ को मुन्द्रीबासको जङ्गलबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । हत्याराले थापाले कानमा लगाएका मडहरी, घाँटीमा लगाएका सिक्री लगायतका सुनका गरगहना लुटेर लगेका पाइयो ।

पक्राउ परेका सिंहले खोल्सीमा लुकेर बसी हँसिया र ढुङ्गाले हानेर थापाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP