श्याम घिमिरे,
पुष २० अर्घाखाँची-
अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक बृद्धको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडानं.२ ओखरी निवासी ८० वर्षीय रामबहादुर क्षेत्रीको भालुको आक्रमणबाट ज्यान गएको हो । बुधबार बिहान ८ बजेको समयमा आफ्नो घर देखि झिर्रा आउँने क्रममा ओखरीको जङ्गलमा भालुले आक्रमण गरी क्षेत्रीलाई घाईते बनाएको र उपचारकोलागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसैबिच सामुदायिक वनमा विगतका दिनहरुमा पनि जंगलि जनावरले आक्रमण गर्ने गरेको पाइएको र आउँदा दिनहरुमा पनि पुनःआक्रमण हुनसक्ने भन्दै उक्त वन तथा अन्य क्षेत्रहरुमा एक्लै नहिड्न तथा हिड्नुपरेमा सावधानि अपनाइ सजक रही हिड्डुलगर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अनुरोध गरेको छ । यसरी दिन दहाडै भालुले आक्रमण गर्न थालेपछि स्थानीयहरु भने त्रसीत बनेका छन ।