Trend
सोमबार , मंग्सिर ३०, २०८२

केपी भुसाल ‘अजस’
कुनै समयमा एउटा जंगलको बिचमा राम्रो बगैचा रहेछ । बगैंचामा राम्राराम्रा फलफूल लटरम्म फलेकाथिए । तब बगैंचाका फलफूल सबै जोगाउने पकाउने र भागपुग्दो सबैले बाँडीचुडी खाँने उदेश्यले कसरी संरक्षण गर्न सकिन्छ भन्ने सरसल्लाह गर्नकोलागि सारा जंगलका जनाबर जम्मा भएछन् । सबै जनाबरको राय अनुसार चौकिदार राख्ने निर्णय भएछ । चौकिदारमा टाठाबाठा मध्ये जाम्बबानको तर्फबाट ढेडु र बाँदरको समुहबाट पाङ्ग्रे नियुक्त भएछन । बाँदर र ढेडुले बगैंचाको रखवारी गर्नथाले । बाँदरजाती नहुन मिठामिठा फलफूलको मालिक भएका चौकिदारल्रे मन के थाम्न सक्थेर ?

एकअर्कोका आँखा छलेर दुबै ढेडु र पाङ् ग्रेले बगैंचाका फल लुकीछिपी खाँनथाले।एकदिन दुबैले मुखमा मिठामिठा फल हसुर्दैगर्दा एक्कासी भेट्भए । बोलुनभने दुबैका मुखमा चोरीगरेका फलथिए । दुबै तैचुप मैचुप रहे, नबोलेरपनि निरभा नहुनेथियो। आखिरी दुबैको भेद खुल्यौ। दुबैले मिलजुल गरेर चोरेर खाँदैगर्दा र आफन्तलाई बाँड्दैगर्दा बगैंचा रित्ताउन थाले । अस्तु,

यो कथा केवल दृष्टान्त मात्र हो, समग्रमा नेपाली जनताको जीवनस्तर न उठेपनि सोंचमा कमी छैन्न् । मुलुकमा भैरहेका अनियमिता जुनसुकै दलमा आबद्ध भएपनि प्रत्येक नेपालीले सूक्ष्म अध्ययन र मन्न् गरेकै हुन्छन । मुलुकमा भ्रष्टाचार मौलाएकोछ । नातावाद र कृपावादको नाङ्गो नाँच प्रदर्शन भै रहेको छ । समानुपातिक र उच्चपदमा यो वा त्यो ढङग्ले फरियाको साइनु तथा भाइभारादार नियुक्ति गर्ने भर्तीकेन्द्र बन्दैगरेको सचेत नेपाली सामु क्षिपन सक्दैन ।

मुलुकमा आबधिक निर्वाचन सम्पन्न भै सकेकोछ । यसको परिणामले पुरातनवादी सोच भएका महानुभावहरू झस्किनु भएकोमात्रछ । यसको पूर्णरूपको परिणाम हेर्न सामान्यतया अझै पाँचबर्ष प्रतिच्छा गर्नुपर्ने हुन्छ । हुनपनि विश्वपरिवेसमा नेपालले अग्रगामी निकास नपाउनु राजनीतिक कारण नै हो भन्ने आमनागरिक्को बुझाइ छ । नहौसपनि कसरी ?

कुनैपनि अनियमित्ता यथार्थत : बाहिर आमजनसमुदायमा आउन नसक्नु तैचुप मैचुपको अबस्था नै हो भन्ने धेरैको बुझाइछ । ऐले फलानो ढिसकानो भनेर छुचो बन्नुको कुनै तुकछैन । जोजसलको बढी अनियमित्तामा बढी सकृयताछ त्येसको एकएक नेपाली जनतासङ्ग हिसाव कितावछ । र कुनैदिन अवश्य नेपाली जनताले खोजनेछन । कोहीकसैले बिबिध बिषयमा स्पष्टीकरण दिएकोभए त्यो सर्वमान्य नहुन सक्नेछ । त्योत हतकेलोले सूर्य छेके जस्तैहो।आफै छेकने आफै चित्त बुझाउने ।

ऐले संसदमा नयाँ अनुहार देखा परेको अवस्था छ । नयाँ अनुहार प्रति नेपाली जनताको ठुलो भरोसा छ । त्येसैले नयाँ अनुहारले पुरातन वादी सोचको भण्डाफोर गर्दै देशलाई अग्रगामी निकास दिनसकेमा आगामी दिनमा अनियमित्ता हटेर जानेछ । देशले नयाँ अग्रगामी निकास पाउनेछ । जनताले समृध्दिको महसुस गर्नेछन । अस्तु ।।
प्रकाशन मिति : २०७९ पुष २१

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८२ सोमबार 13 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 25 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 22 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 22 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 28 Views

गजल

  अषोज ११, २०८२ शनिबार 29 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न


TOP