बुधबार २७ जेठ २०८३

श्याम घिमिरे
माघ १२ अर्घाखाँची-
ग्रिन ईङ्लिस बोर्डिङ स्कुल सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको आयोजनामा बिद्याकी देबि सरस्वतीको बिशेष पुजा तथा पुरस्कार बितरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच सन्धिखर्क नगरपालीकाका शिक्षा शाखा प्रमुख मन्जु आचार्यले सरस्वतिको फोटामा माल्यापर्ण संगै दिप प्रज्ज्वलनगरी उद्घाटन गनुभएको हो ।

उद्घाटन कार्यक्रममा मनतब्य राख्दै आचार्यले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीबर्तन गर्न सकिने भन्दै शिक्षा र स्वास्थ्यनै सामाजीक बिकाशको मुख्य मेरुदण्ड भएको बताउनु भयो । आचार्यले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बिद्यालय परीबारलाई बधाई दिदै नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
बिद्यालयका प्रिन्सिपल टेकबहादुर थापाको अध्यक्षता,शिक्षिका निर्मला खड्काको स्वागत मनतब्य र सहायक प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका कम्पनी रजिष्टर अध्यक्ष हुमा बन्जाडे,बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भुसाल, सदस्य डिलारा भुसाल,शेयर सदस्य नन्दराम भट्टराई,बिद्यार्थी दिक्षान्त चुँदालीलगायतले शुभकामना मनतब्य राख्दै बिद्यालको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भएको हो । कार्यक्रममा शैक्षिक सत्र २०७८ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुलाई पुरस्कार बितरण समेत गरीएको थियो ।


Last Updated on: August 24th, 2024 at 4:28 am
४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया