Trend

श्याम घिमिरे
माघ १८ अर्घाखाँची-
अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्लामा भर्खर मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई बुधवार एक कार्यक्रमको आयोजनागरी स्वागत गरेको छ । स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी अर्यालले उद्योग बाणिज्य संघ देश बिकासको मेरुदण्ड भएको बताउनु भयो । अर्यालले जिल्लामा लगाईएको पाँचौ अर्घाखाँची महोत्सबले आर्थिक कृयाकलापलाई सकारात्मक माहोल सृजना गरेको भन्दै जिल्लाको बिकासकोलागी सबै उकजुट हुनुपर्नेमा जोड दिनुभयो । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउदै प्रजिअ अर्यालले उद्योगी व्यवसायीहरुको समस्याप्रति आफु गम्भीर रहेकोले आफुहरु उद्योग बाणिज्य संघ संग हालेमाले गरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रम उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष राम प्रसाद भुसालको स्वागत मनतब्य र महासचिब तुल्सी खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला स्थित बिभिन्न बैंकका प्रमुख सहित उद्योग बाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ,साजन वली,निबर्तमान अध्यक्ष युबराज श्रेष्ठ,सचिव लेखनाथ भुसाल, काेषाध्यक्ष  रुद्र श्रेष्ठ, पार्बता श्रेष्ठ,लक्ष्मण केसी,लेखनाथ भण्डारी, कृष्ण सुनार,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायत संस्थाका सदस्यहरुको उपिस्थत रहेको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड अर्घाखाँची शाखा प्रमुख कुलराज घिमिरेले शुभकामना मनतब्य राख्नु भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP