Trend

श्याम घिमिरे,
माघ २० सन्धिखर्क-
नेपाल रेडक्रस सोसाईटी सन्धिखर्क नगरपालीका वडानम्वर १,२ र ३ उपशाखाको साधारण सभा तथा अधिबेशन सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले लेखनाथ भुसालको सभापतित्वमा ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरेको छ । जसको उपसभापतिमा मेनुका पौडेल, सचिवमा अम्बीका बेल्वासे श्रेष्ठ,कोषाध्यक्षमा भेषबहादुर केसी,उपसचिवमा पशुपति ढकाल र सहकोषाध्यक्षमा सकुन्तला भुसाल अधिकारी चयन हुनभएको छ ।

यस्तै समितिको सदस्यहरुमा बाबुराम खड्का,मुमबहादुर महत मुनाल,जगत प्रसाद भुसाल र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य शम्भु पोख्रेल,जिल्ला रेडक्रस जिल्ला शाखा मन्त्री चन्द्र प्रसाद बन्जाडे,रेडक्रसका ठाकुर अधिकारी लगायको उपस्थिति रहेको थियो । उपशाखामा २ सय ४६ जना आजिवन सदस्य रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP