बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे
फागुन ११ अर्घाखाँची-

अर्घाखाँची जिल्लामा सर्वाधीक पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट हुने भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची क्रिकेट संघको आयोजनामा यही फागुन २३ गते देखी सन्धिखर्कको टुडीखेल मैदानमा चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) हुने भएको हो । बिहिवार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी खेलको तयारीको बारेमा जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष रिषीकेश भट्टराईले जिल्लामा क्रिकेट खेलको बिकास गर्न, खेलकुदको माध्यमबाट ब्यक्तिको सर्वांगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्नको साथै अर्घाखाँची जिल्ला र देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउनको लागी प्रतियोगीताको आयोजना गरीएको बताउनुभयो । भट्टराईले खेलकुद क्षेत्रलाई अझबढी बिकसीत गरी अगाडी बढाउने आफ्नो संस्थाको मुख्य उद्धेश्य रहेको भन्दै खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्न आग्रह समेत गर्नुभयो ।

कुल चार टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख १ हजार र उप बिजेतालाई ५१ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडलको व्यवस्था गरीएको भट्टराईले जानकारी दिनुभयो । खेलमा बिभिन्न बिधाहरुमा समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको भट्टराईको भनाइ रहेको छ । प्रतियोगीतामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागीता रहने छ । खेलमा भण्डै ५ लाख रुपैया खर्चहुने जनाइएको छ ।


Last Updated on: August 24th, 2024 at 4:26 am
३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया