फागुन–१४, अर्घाखाँची-
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन आसन्न बैशाखमा हुने भएको छ । उक्त पार्टीले आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि वि.स.२०८० सालको बैशाख ८ र ९ गते “गणतन्त्र र राष्ट्रियताको रक्षा,संघियता खारेजि हाम्रो आन्दोलन,वाताबरणिय सन्तुलनसगैं सम्मुनत अर्घाखाँचीको लागि ५औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन गर्ने जानकारी गराएको हो ।
जिल्लामा ब्याप्त अनियमितता र भ्रष्टाचारको बिरुद्धमा उचित पहलकदमी नभएको,तिब्र वातावरणिय असन्तुलनले जिल्लाका प्राकृतिक,पर्यटकिय,धार्मिक,ऐतिहाँसिक र सांस्कृतिक क्षेत्रमा ठूलो समस्या देखा परेको,विकास निर्माणका काम पार्दर्शी र गुणस्तर बन्न नसकेको जसको निराकरणको निम्ती प्रभावकारी अनुगमन नभएको अवस्थामा जिल्लावासी र सरोकारवालाको ध्यानाकर्षण गराउन समेत यो सम्मेलन गर्न थालेको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले बताउनुभयो ।

पार्टी उपाध्यक्ष गोपाल पौडेलको अध्यक्षता र सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा राजमोका नेता शेर बहादुर वि.सी.,केन्द्रिय सदस्य सागर के.सि.,झबिलाल थापा,यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल,पत्रकार महासघंका जिल्ला अध्यक्ष अशोक खनाल लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टी अध्यक्ष के.सी.ले सम्मेलनका विषयमा प्रष्ट पार्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर के.सी.ले समुद्घाटन गर्नुहुने जिल्ला सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति बनाइएर जिम्मेवारि दिइएको जानकारी दिनुभएको छ । जसमा अध्यक्ष थम्मन के.सी.को संयोजकत्वमा मुल व्यवस्थापन समिति, अध्यक्ष के.सी.कै संयोजकत्वमा १ सय १५ सदस्यिय सम्मेलन तयारी समिति, सचिव बाबुराम पन्थीको संयोजकत्वमा १ सय ५५ सदस्यिय प्रचार–प्रसार समितिको निर्माण गरेको छ ।
यि समिति र जिल्ला समितिका सबै पदाधिकारीको सक्रियतामा फागुन १८ गते सम्म पालिका बैठक,फागुन मसान्त सम्म वार्ड बैठक,चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका र वार्डका भेला तथा सम्मेलन सम्पन्न गर्ने गरि जिम्मेवारी प्रदान गरिएको अध्यक्ष के.सी.को भनाई छ ।