Trend

फागुन २२ – राेजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (यूएई) काे दुबई पुग्नुभएका अर्घाखाँचीका एक युवा बिचल्लीमा पर्नुभएकाे छ । मालारानी गाउँपालिका–१ फाप्रेका जीवनराज आचार्यले आफूलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिन अपिल गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे, मेराे स्वास्थ्य अवस्था बिग्रेकाे छ । म नेपाल फर्कन चाहन्छु सहयाेग गर्नुहाेस् ।’

आचार्य २४ दिनअघि काठमाण्डाैमा रहेकाे ‘गणपती ओभरसिज’ नामक म्यानपावर कम्पनीबाट दुबई पुग्नुभएकाे थियाे । म्यानपावर कम्पनीले ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ गर्ने हो’, भनेर पठाएको उहाँले बताउनुभयाे । सर्तअनुसारको काम नपाएको उहाँकाे गुनासाे छ । ‘यहाँ म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ । एक सेकेन्ड यताउता गर्न पाइँदैन ।’

अहिले आफ्नो आँखामा गम्भीर समस्या आएको जीवनकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘आँखा दुखेर नजिकैको वस्तु पनि चिन्न नसक्ने अवस्थामा छु । कम्पनीले पानी पिएपछि निको हुन्छ भन्छ । उपचारका लागि कम्पनीमा धेरै पटक कुरा गरेँ तर कसैले मेरो समस्या सुन्दैनन् । जतिसक्दो नेपाल फर्किएर आँखाको उपचार गर्न मन छ, नत्र मेरो आँखा खत्तम हुने भयो ।’

आफूले काम गर्ने कम्पनी जेलभन्दा कम नभएको भन्दै आफू त्यहाँबाट मुक्त हुन चाहेको जीवनले बताउनुभयाे । ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु । कृपया मलाई सहयोग गरी नेपाल फर्काउने पहल गरिदिनुहोला’, उहाँले भन्नुभयाे । source :ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP