बुधबार २७ जेठ २०८३

फागुन २५, अर्घाखाँची-

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम ट्याबलेट वितरण गरेको छ । ट्याबलेट संगै पोषणयुक्त सामाग्रि अन्तर्गत १ क्यारेट अण्डा, १/१ वटा नरम टावेल र महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण कार्यक्रम सम्पन्न गरेको वडाले जनाएको छ । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्रि स्वास्थ्य संस्था घोषणा गर्ने समेत वडाअध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । निर्वाचनमा गरिएको प्रतिबद्वताहरु क्रमश : पुरा गर्दे गएको अध्यक्ष पौडेलको भनाई रहेको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरू खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ्ग माविका प्रअ हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेल लगायतले पोषणमैत्रि वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम स्वास्थ्य चौकि प्रमुख मित्रदेव पौडेलको सञ्चालन तथा सहजिकरण अहेव हेमन्त घिमिरेको स्वागत तथा वडा अध्यक्ष तथा स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Last Updated on: August 24th, 2024 at 4:59 am
३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया