Trend

श्याम घिमिरे,
चैत्र ६ अर्घाखाँची-
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले पत्रकार पार्टीको प्रबक्ता जस्तै बन्न नहुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालीकाको आर्थिक सहयोगमा सन्धिखर्कमा सोमवारबाट सुरु भएको दुइदिने पत्रकारिता प्रवद्र्धनात्मक तथा पत्रकार महासंघको संस्थागत क्षमता विकास समबन्धी तालिममा वोल्दै प्रमुख कोइरालाले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय केहि पत्रकारहरुको व्यवहार र शैलीका कारण पत्रकारको पेसालाई हेर्ने दृष्ट्रीकोणमा फरक आएको भन्दै कोइरालाले पत्रकारिता जगत् सच्चा,स्वच्छ र मर्यादित हुनु पर्नेमा जोड दिनुभयो । कोइरालाले यि सबै आरोपबाट मुक्तहुन पत्रकारहरुलाइ आग्रह समेत गर्नुभयो । उहाँले खोज पत्रकारिता गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पत्रकारको धर्म र पेशालाई आत्मसाथगरी पत्रकारीता गर्नुपर्ने बताउनुभयोे । श्रेष्ठले कसैको चरीत्र हत्यागर्नेगरी समाचार सम्प्रेषण गर्न नहुने भन्दै मर्यादित तवरले पत्रकारीता पेसा गर्न अपिल गर्नुभयो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, सह–सचिब हृदयकुमार भुसालको स्वागत मनतब्य र सचिब बिनोद गैरेको सञ्चालनमा सम्पन्न उद्घाट सत्रमा प्रमुख जिल्ला अधिकारी मिना अर्याल,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपालीलगायतले तालीम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तालीममा जिल्ला अदालत अर्घाखाँचीका न्यायाधिश डा.श्रीकृष्ण भट्टराई, अदालतका स्रेस्तेदार महेश खनाल र सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले बिभिन्न बिषयमा सहजीकरण गर्नुभएको थियो । तालीममा झण्डै ६० जना प्रशिक्षार्थी पत्रकारहरुको सहभागीता रहेको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP