बुधबार २७ जेठ २०८३

चैत १० सन्धिखर्क-

नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालीका वडानं. १० धरम्पानीमा सुक्रवार एकदिने निःशुल्क स्वास्थ परिक्षण शिबिर सम्पन्न भएको छ । पछिल्लो समयमा मानिसमा विभिन्न किसिमका रोग संगै मुटुमा पनि समस्या हुने पाईएको र शरिरको सबैभन्दा महत्वपूर्ण अंग मुटुमा समेत विभिन्न समस्या देखा परेकोले मुटु परिक्षण शिविर संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । शिबिरमा ४० देखि ७० बर्ष उमेर समुहका २ सय ८९ व्यक्तिले सेवा लिनुभएको थियो । शिबिरमा ईसिजि , ईको, सुगर परिक्षण संगै निशुल्क औषधि बितरण गरीएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

शिबिर उद्घाटन कार्यक्रममा बोल्दै नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेले मुटुलाई स्वस्थ राख्नको लागि आहार बिहार संगै दैनिक रुपमा शारीरीक ब्यायाम गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै अर्का मुटु रोग बिशेषज्ञ डा .अजय अधिकारीले मुटु रोगबाट बच्न के कस्ता कुरामा ध्यानदिनुपर्छ भन्ने कुरामा सहजिकरण गर्नुभयो । शिबिरमा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख तथा मेडिकल सुपेरिटेन्डेन्ट डा.जगन्नाथ तिवारिले बिरामिको परिक्षण संगै परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

शिविर उद्घाटन शत्रमा सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उप प्रमुख मिश्रा आचार्य ,१० नं वडाअध्यक्ष मोहन सिंह ठकुरी , ८ नं.वडाअध्यक्ष हुम प्रसाद बन्जाडे, ९नं.वडाअध्यक्ष पदम बहादुर भुसाल , १० नं.वडाका निवर्तमान अध्यक्ष लक्ष्मि नारायण चुँदाली, सन्धिखर्क नगरपालीका स्वास्थ्य प्रमुख पुर्ण पराजुली लगायतले शिबिर सफलताको शुभकाना मनतब्य राख्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता र सचिब मेनुका पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । source:arghakhanchibulletin.com


Last Updated on: August 24th, 2024 at 4:57 am
३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया