Trend

श्याम घिमिरे,
बैशाख ७ अर्घाखाँची-

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले आफ्नो ३३ औं स्थापना दिवसको अबसरपारी जिल्लाको सन्धिखर्क नगरपालिका २, चुत्राबेसीमा रहेको भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीमा अक्षयकोषको स्थापना गरेको छ । बिहिवार बिद्ययालयमा एक कार्यक्रको आयोजना गरी संगठनले बिद्ययालयका प्र.अ धुर्ब केसीलाई ३० हजार १ सय एक रुपैयाको चेक हस्तान्तरण गरेको हो । सोही कार्यक्रममा आधिकारीक ट्रेड युनियन अर्घाखाँचीका उपाध्यक्ष हरि डुम्रेले आमा यमकला डुम्रेको सम्झनामा रु. बिस हजार सोही अक्षयकोषमा जम्मा गर्नुभएको थियो ।

कार्यक्रममा मनतब्य राख्दै बिद्यायलयका प्रधानाध्यापक केसीले अक्षयकोष स्थापना गरिदिएकोमा संगठनलाई धन्यवाद दिदै स्थापना गरीएको अक्षयकोष बिद्यायलयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक वृद्धिबिकासमा लगाइने प्रतिबद्धता ब्यक्त गर्नुभयो । केसीले आजका बिद्ययार्थी भोलीका निजामति कर्मचारी बन्ने भन्दै सोही किसिमले शैक्षिक यात्रालाई अगाडी बढाउन आग्रह समेत गर्नुभयो ।

संगठनका जिल्ला अध्यक्ष गणेश भन्डारीको अध्यक्षता,कोषाध्यक्ष बिशाल महतको स्वागत मनतब्य र सचिब पशुपति खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिलिप केसि , आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि डुम्रे , पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाललगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्कमा भएकाे बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे

डढेलो – (इन्द्रबज्रा छन्द)

सन्धिखर्क नगरपालीकामा योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मियो

एमाले सनपा १० को अधिवेसन सम्पन्न- अध्यक्षमा मरासीनी

नेपाल प्रहरी: १ हजार एक सय ६५ जवान पदमा नयाँ भर्ना खुल्यो


TOP