Trend

जेठ १५ – सरकारले आउँदाे आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँकाे बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत र पुँजीगत अर्थात् विकास बजेटतर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् ७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

समृद्धि र सुशासन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित गरिने भएको छ । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रूपमा लिएको अर्थमन्त्री महतले बताउनुभयाे । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरी बजेट आएको उहाँकाे भनाइ छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको छ । source:ujyaaloonline

बजेट-बक्तव्य-२०८०-Final

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP