Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
असार १९ अर्घाखाँची

अर्घाखाँचीमा पहिरोले घर पुरिदा तीन जना बालबालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मंगलवार बिहान जिल्लाको पाणिनी गाउँपालिका १ पणेनाका फर्सबहादुर रास्कोटीको घर पुरिदा तीनजना बालबालीकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

अबिरल बर्षासंगै गएको पहिरोमा परेर तुल्सी रास्कोटीका १० वर्षीय छोरा धनबहादुर रास्कोटी, ११ वर्षकी छोरी अन्जना रास्कोटी र जितबहादुर रास्कोटीका १२ वर्षीय छोरा खुमबहादुर रास्कोटीको ज्यान गएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । उनिहरुलाइ उपचारकोलागी स्थानिय स्वास्थ्य चौकि खिदिममा पठाइएकोमा तत्काल थप उपचारकोलागी जिल्ला अस्पताल ल्याउदा साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका फर्सबहादुर रास्कोटीकै १४ वर्षीय छोरा सचिन रास्कोटी घाइते भएको र उनको अवस्था सामान्य रहेको बताईएको छ । सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्यहरु भने बिहानै उठेर गोठको काम गर्न थालेकाले जोगिएको स्थानियले बताएका छन । ज्यान गुमाएका बालबालिकाहरु दाजुभाइका छोराछोरी रहेको जनाईएको छ ।

यसैबिच पहिरोले पुरिदा ज्यान गुमाएका तीन जना बालबालीकाको घरपरिवारलाई जिल्ला बिपद् व्यवस्थापन समितिले घरमै पुगेर राहत उपलब्ध गराएको छ । बिपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको टोलिले तत्काल राहत स्वरुप पिडित परिवारलाई नगद रु.२० हजार सहित त्रिपाल उपलब्ध गराएको हो ।

प्रमुख जिल्ला अधिकारी ढकाल सहित पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, इश्वरी बक्स गुल्मका गुल्मपति बासुदेब पंगेनि, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठलगायतको जिल्ला सुरक्षा समितिको टोलि घटना स्थलमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP