Trend

श्याम घिमिरे
साउन ११ सन्धिखर्क –
सन्धिखर्क नगरपालीका ८ नम्वर वडाका तत्कालीन वडाअध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य स्वर्गीय ईश्वरी प्रसाद भुसालको दोश्रो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेकपा एमाले सन्धिखर्क नगरपालिका ८ नं वडा कमिटीको आयोजनामा बुधवार पकलेमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले बहुआयामिक व्यक्तित्व स्वर्गीय ईश्वरी प्रसाद भुसालको सधैव सम्झना आईरहने भन्दै भुसालले देखाएको बाटो र उहाँको कार्यशैलिको सबैले सिकोगर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी वडाकमिटी अध्यक्ष दीपक सुनारको अध्यक्षता र सचिव गोकर्ण बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्यद्वय जनार्दन खनाल, सरोज भुसाल, नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला लेखापरीक्षण कमिटी संयोजक नारायण अर्याल, जिल्ला कमिटी सदस्य विष्णुमायाँ आचार्य, मिश्रा आचार्य, दीपा आचार्य, देवी थापा, कमला खनाल, नगर कमिटी सदस्य यम बहादुर जिसी, पार्वता श्रेष्ठ, प्रभा पोख्रेल, मनकला भुसाल, स्व. भुसालकी जीवन संगिनी जयकला भुसाल, छोरा जुन भुसाल, छोरी शिला भुसाल लगायत पार्टी र जनसंगठनका नेता कार्यकर्ता एवं स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रद्धेय भुसालप्रति श्रद्धाञ्जली स्वरूप एक मिनट मौन धारण गरी तस्विरमा माला, फूल तथा अबिर अर्पण गरिएको थियो ।

स्थानिय जनताकृष्ण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्व.भुसालको स्मरणमा सोहि दिन जनता कृष्ण माध्यमिक विद्यालय पकलेको परिषर्मा पारीजातको बिरुवासंगै बिभिन्न फूलहरु, एभोगार्डो, अम्बा लगायतका फलफूलका बिरुवा समेत लगाइएको थियो । शैक्षिक, सामाजिक,बौद्धिक एवं राजनैतिक व्यक्तित्व स्व. भुसालको २०७८ श्रावण १० गते ६० बर्षको उमेरमा कोभिड संक्रमणका कारण निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP