Trend
बिहिबार , असार २६, २०८२

भदौ ६, २०८० बुधबार- धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेकाे छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाकाे परिचय खुलेकाे छ । परिचय खुल्नेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का २४ वर्षीय सुमन थापा छन् ।

दुर्घटनामा दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएकाे छ । ज्यान गुमाउने एक जना महिला र तीन जना पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टबाट र दुई जनाले ‘ई सेवा’ बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताउनुभयो । उहाँ सकुशल हुनुहुन्छ ।

काठमाण्डाैबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको उपचारका लागि काठमाण्डाै पठाइएको छ । यस्तै एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बाग्लुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभरटेक’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

प्युठानकाे जस्पुर बजारमा सुविधा सम्पन्न ‘त्रिदेव प्यालेस’ संचालन

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल


TOP