Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे
असोज २१,
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको ११ औं साधरण सभा सम्पन्न भएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले चुरे ध्वस्त पार्न पाइदैन,मरुभुमिकरण गर्ने निति चाहिदैन भने लगायतका नाराकासाथ अभियान अगाडी बढेको बताउनुभयो । रावलले पछिल्लो समय देशमा भष्ट्रचारका गतिविधि बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण लागि सरकार मार्फत दबाब सृजना गर्दे आएको बताउनुभयो । समाजका हरेक क्षेत्रमा न्यायको आवाज उठाउनु नै शान्ति समाजको मुख्य भुमिका रहेको भन्दै रावलले मानवअधिकार,शान्ति,अहिंसा र लोकतन्त्र रक्षाकोलागी सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव शन्तोष अधिकारी क्षेत्री, केन्द्रिय सदस्य तथा अर्घाखाँची पर्यवेक्षक अरुण ज्ञवाली,नवलपरासी शाखा सचिव शिव प्रसाद पौडेल ,भुमिकास्थान नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष गोपाल खनाल,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य पे्रमनारायण आचार्य,अर्घाखाँची सचिव विनोद गैरे,नेपाल शिक्षक महासंघ अर्घाखाँचीका सचिव कृष्ण खनाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम शान्ति समाज अर्घाखाँची सभापति निलकण्ठ भुसालको अध्यक्षता,पुर्व सभापति अशोक पौडेलको स्वागत मन्तव्य र सहसचिव सागर महतको सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP