Trend

श्याम घिमिरे
असोज २१,
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको ११ औं साधरण सभा सम्पन्न भएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले चुरे ध्वस्त पार्न पाइदैन,मरुभुमिकरण गर्ने निति चाहिदैन भने लगायतका नाराकासाथ अभियान अगाडी बढेको बताउनुभयो । रावलले पछिल्लो समय देशमा भष्ट्रचारका गतिविधि बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण लागि सरकार मार्फत दबाब सृजना गर्दे आएको बताउनुभयो । समाजका हरेक क्षेत्रमा न्यायको आवाज उठाउनु नै शान्ति समाजको मुख्य भुमिका रहेको भन्दै रावलले मानवअधिकार,शान्ति,अहिंसा र लोकतन्त्र रक्षाकोलागी सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव शन्तोष अधिकारी क्षेत्री, केन्द्रिय सदस्य तथा अर्घाखाँची पर्यवेक्षक अरुण ज्ञवाली,नवलपरासी शाखा सचिव शिव प्रसाद पौडेल ,भुमिकास्थान नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष गोपाल खनाल,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य पे्रमनारायण आचार्य,अर्घाखाँची सचिव विनोद गैरे,नेपाल शिक्षक महासंघ अर्घाखाँचीका सचिव कृष्ण खनाल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम शान्ति समाज अर्घाखाँची सभापति निलकण्ठ भुसालको अध्यक्षता,पुर्व सभापति अशोक पौडेलको स्वागत मन्तव्य र सहसचिव सागर महतको सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP