Trend

श्याम घिमिरे
असोज २६,
देउराली यातायात अर्घाखाँची प्रा.लि ले आफ्नो संस्थामा आवद्ध सबै गाडी धनिहरुलाई बोनस बितरण गर्ने भएको छ । संस्थामा आबद्ध १५८ गाडी धनिहरुलाई बिजया दशमिको अवसरपारी बोनस बितरण गर्न लागीएको प्रालिका अध्यक्ष गोबिन्द बन्जाडेले बताउनुभयो । सुक्रवार सन्धिखर्कमा आयोजित बिजया दशमी २०८० को शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाडेले प्रत्येक गाडी धनिलाई साढे ५२ हजार र कर्मचारीलाई १० हजार रुपैयाका दरले बोनस बाड्ने बताउनुभयो । कर्मचारीलाई बितरण गरीने बोनस रकम भने देउराली बहुउद्देश्यीय सहकारी संस्थामा शेयर सदस्यमा आवद्धता बापत बितरण गरीएको अध्यक्ष बन्जाडेले जानकारी दिनुभयो ।

प्रालिले यस अघि सहकारीमा आबद्धता हुन भन्दै सबै गाडी धनिहरुलाई ३५ हजारका दरले बोनश रकम बितरण गरेको थियो । पछिल्लो समय यातायात व्यवसायको क्षेत्रमा पनि प्रतिस्पर्धा हुने गरेको र सवारी संख्या समेत दिनप्रतिदिन बढ्दै गइरहेको परिवेशमा व्यवसायीहरुको आम्दानीमा कमी आएको र व्यवसायीको लगानीको सुरक्षा एवं लगानीमैत्री बातावरण निर्माण गर्ने उद्देश्यले बिभिन्न समयमा बोनस संगै राहत वितरण गरीएको अध्यक्ष बन्जाडेले बताउनुभयो ।

प्रालिले कोरोना महामारीको समयमा कोरोना नियन्त्रमा सहयोग पुगोस भन्ने हेतुले अर्घाखाँचीका ६ वटै स्थानिय तहहरुलाई १ लाख १ हजारका दरले रु ६ लाख ६ हजार रुपैया बितरण गरेको थियो । सोहि समयमै कोरोनाको मारमा परेको भन्दै प्रालिले गाडी धनिलाई ४३ हजार, सावारी चालकलाई ५ हजार र सहचालकलाई रु ३ हजारका दरले झण्डै ७० लाख रुपैया रातह बितरण गरेका प्रालिका महासचिव प्रेम पाण्डेले जानकारी दिनुभयो । संस्थाले आफुहरुलाई पटक पटक बोनस सहित राहत र सुविधा प्रदान गरेको भन्दै व्यवसायीहरुले खुसि व्यक्त गरेका छन । बोनसले व्यवसाय प्रवद्र्धन गर्न थप मद्दत पुगेको उनिहरुको भनाई रहेको छ ।

यसैबिच नजिकिदै गरेको चाडपर्वलाइ मध्यनजरगरी गाडीहरु थपेरै भएपनि यात्रुहरुलाई सहज सेवा दिने प्रालिका अध्यक्ष बन्जाडेले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बन्जाडेले चाडपर्बको बहानामा तोकिएको भन्दा बढी भाडा नउठाउन सबै ब्यवसायीहरुलाई आग्रह पनि गर्नुभएको हो । तोकिएको भन्दा बढी भाडा उठाएमा कारबाही गर्ने भन्दै बन्जाडेले यात्रुलाई सहज रुपमा यात्रा गराउनु नै आफुहरुको पहिलो प्राथमिकता रहेको दाबि समेत गर्नुभयो ।

कार्यक्रममा प्रालिका उपाध्यक्ष भेष बहादुर बिसी,कोषाध्यक्ष नारायण खड्का, देउराली यातयातका पुर्व अध्यक्ष योगेन्द्र खड्का,गाडी धनी अशोक कुमार श्रेष्ठ, बलराम भुसाल,पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२०६१ सालमा स्थापना भई छोटो समयमा शहर देखी गाउँका कुनाकन्दाराहरुमा आफ्नो सेवा विस्तार गरेको देउराली यातायात प्रालिमा हाल १०७ वटा सवारी जिप,४७ वटा हाईस गाडी र ४ वटा मिनि बसहरुले सेबा दिई रहेका छन । बिभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रहेको प्रालिले गत फागुन १३ गते सन्धिखर्कमा एकदिने निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP