Trend
बिहिबार , असार २६, २०८२

कात्तिक १८, जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ जना पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ गरी एक सय २९ जनाले ज्यान गुमाएका हुन् । भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् ।

जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । त्यस्तै, जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । घाइते भएका र अरुको उद्धारको काम भइरहेको छ ।

रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार ज्यान गुमाएका ३७ जनामध्ये २८ जनाको सनाखत भइसकेको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ujyaaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

गजल

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP