Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
कार्तिक १८ अर्घाखाँची,
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहिबार देखि सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय चौथो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ । ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ को आयोजनामा सम्पन्न प्रतियोगीतामा जिल्लाका ६ वटै पालीकाहरुको सहभागिता रहेको थियो ।

सनिवार सम्पन्न फाईनल खेलमा सितगंगा नगरपालीकाले पाणिनी गाउँपालीकालाई ३–० को सोझो सेटमा हराउँदै शितगंगाले विजयी हासिल गरेको हो । यो संगै प्रतियोगीतामा सितगंगा नगरपालीकाले लगातार तेस्रोपटक रनिङ्गशिल्ड प्राप्त गर्दे शिल्ड पचक गरेको छ । प्रतियोगितामा पाणिनि गाउँपालीका उपबिजेता बनेको छ भने सन्धिखर्क नगरपालीकाले तृतिय स्थान हासील गरेको छ ।

प्रतियोगीतामा लगातार तिन पटक बिजेता बनि रनिङ्गशिल्ड पचक गर्ने सितगंगा नगरपालीकालाई शिल्ड सहित नगद रु. १ लाख , दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार सहित आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा पाणिनी गाउँपालिकाका नारायण थापालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरीएको थियो ।

खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर खेल आयोजन गरिएको र आगामी वर्षबाट थप पुरस्कार राशी बढाउदै लैजाने परिषद्का महासचिब प्रकाश भुसालले बताउनुभयो । यसपालीको प्रतियोगितामा प्रत्येक टिममा जिल्ला भन्दा बाहिरका २ जना प्रशिक्षक खेलाडी राखिएको थियो । २०७२ सालबाट सुरु गरिएको खेल बिचमा कोरोनाका कारण रोकिएको थियो । त्यसलाई अहिलेबाट निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ,सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ , शितगंगा नगरप्रमुख छविलाल पौडेल,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्य शितगंगा नगरउपप्रमुख गिता भाट, भुमिकास्थान नगरउपप्रमुख बालकृष्ण बन्जाडेलगायतको उपस्थिति रहेको थियो । यसअघि प्रतियोगीताको बिहिबार जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP