सोमबार १४ बैशाख २०८३

२०८० कार्तिक २२ गते -अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले ७२ बर्षिया हरिकला भुसालकाे हत्या गर्ने एक जना अभियुक्तलाई बुधवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ ।

कार्तिक १४ गते खुकुरीको पछाडिको भागले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वार्ड नंं १ राजिमे बस्ने २० बर्षिया गोपाल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ता अर्घाखाँचीमा हत्या गरी फरार रहेका एक जना २० वर्षपछि प्रहरीकाे फन्दामा परेका छन् । २०६० साल फागुन १३ गते शितगंगा नगरपालिका ८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए।

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

मृतक घर्तीलाई एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा डरत्रास देखाएर पैसा माग्दा नदिएपछि हत्या गरेका थिए । अर्घाखाँची जिल्ला अदालतबाट मयाद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। source:samacharpost


Last Updated on: November 8th, 2023 at 2:31 pm
३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया