Trend

मंसिर ४, भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा आइताबार भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएकाे थियाे । अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।

                                 विराट कोहली सर्वोत्कृष्ट खेलाडी

यसैबिच विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्। भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा


TOP