Trend

मंसिर ७, गुल्मीमा सुन्तलाकाे केस्रा अड्किएर तीन वर्षीय बालककाे ज्यान गएको छ । सुन्तलाकाे केस्रा अड्किएर मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज बिहीवार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाकाे दुई वटा केस्रा अड्किएकाे थियाे ।

सुन्तलाकाे केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेकाे र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन

भाेलि इदको सार्वजनिक बिदा


TOP