Trend
बुधबार , फागुण ६, २०८२

मंसिर ७, गुल्मीमा सुन्तलाकाे केस्रा अड्किएर तीन वर्षीय बालककाे ज्यान गएको छ । सुन्तलाकाे केस्रा अड्किएर मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज बिहीवार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाकाे दुई वटा केस्रा अड्किएकाे थियाे ।

सुन्तलाकाे केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेकाे र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP