
मंसिर १०-
२६ जना प्रहरीलाई एकहप्ता भित्र कार्यालयमा सम्पर्क गर्न प्रहरील प्रधान कार्यालयले अनुरोध गरेको छ । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको हो । कार्यालयले आइतवार सूचना प्रकाशिन गरी हाजिर हुन नआएका २६ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन भनेको हो ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख गरीएको छ । सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने जनाइएको छ ।