बुधबार १६ बैशाख २०८३

मंसिर ३०- सर्लाहीका उखु किसानले आज (शनिबार)  हरिवनमा उखुको (बोट) लाक्रा सहित विरोध प्रदर्शन गरेका छन्। उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले आज हरिवनमा उखुको लाक्रा बोकेर नारबाजीसहित जुलुस निकालेका हुन्। किसानलाई गुमराहामा राखेर  सरकार उद्योगपतिको चाकडीमा लागेको कारण किसानले दुःख पाइरहेकाे  मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीकाे भनाइ रहेकाे छ ।


Last Updated on: December 16th, 2023 at 12:44 pm
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया