Trend

पुस १२ -तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँद लागेपछि केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन । तराई/मधेसमा अहिलेपनि दिउँसोपख गर्मी नै छ । हिउँदेबालीको लागि किसानले पानी पर्खिरहेको बेला तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको हो ।

सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । तर अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको तीन दिन शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहेको छ । जनवरी पहिलो हप्ता अर्थात् आउँदो सोमवारदेखि पानी पार्ने प्रणाली भित्रिन सक्ने मौसमविद्को अनुमान छ । Ujyaaolonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP