Trend

पुस १२- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको र अहिलेको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयअन्तर्गतका ६८ जना कर्मचारी अब अरु कार्यालयमा पदस्थापना हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा कर्मचारी धेरै भएको भन्दै कटौती गरेर टिमलाई चुस्त बनाउने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP