Trend
बुधबार , असार ४, २०८२

१३ पुस अर्घाखाँची,

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालन हुने अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० अन्तरगत पौष १४ गतेदेखि वडागत रिर्पोटिङ्गको कार्यक्रम सुरु हुने भएको छ । आसन्न माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट समुद्घाटन हुने कार्यक्रमलाई सफल पार्न जिल्लाका ६१ वटै वडामा स्थलगत रिर्पोटिङ्ग हुने गरिनेभएको हो ।

शुक्रबार सन्धिखर्कमा सम्पन्न पत्रकार महासंघ अर्घाखाँची र क्रियाशिल पत्रकारविचको बिस्तारित बैठकले प्रति वडा २ जना पत्रकार पुगेर त्यहाँका महत्वपूर्ण पर्यटकिय क्षेत्रको तथ्याकं संकलन गर्ने गरि जिम्मेवारि बाँडेको कार्यक्रम मुल आयोजक समितिका संयोजक अशोक खनालले जानकारी दिनुभएको छ । पौष १४ गतेदेखि पौष १८ गतेसम्म वडाभित्रको रिर्पोटिङ्ग सम्पन्न गरि प्रतिवेदन बुझाइसक्नुपर्ने पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसालको भनाई छ ।

आर्थिक समृद्धिका निम्ती महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रमलाई सफल पार्न शुक्रबार बसेको बिस्तृत बैठकले बिभिन्न जिम्मेवारि समेत बाँडफाँड गरेको छ । पत्रकार महासंघका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक खनालका अनुसार बैठकले अभियानको प्रवक्तामा पत्रकार महासंघका जिल्ला सह–सचिव हृदय कुमार भुसाललाई तोकेको छ ।

बैठकले अशोक खनाल संयोजक, पत्रकार महासंघका पूर्व अध्यक्षद्धय शोभाखर पन्थी,हिम लेकाली,पूर्व सचिव सुर्य प्रसाद भुसाल, सह–सचिव हृदय भुसाल, कार्यसमिति सदस्य गोपाल प्रसाद भट्टराई र बिष्णु खनाल सदस्य रहेको ७ सदस्यिय सचिवालय गठन गरेको छ । यस्तै हृदय कुमार भुसाल संयोजक, जितेन्द्र खत्री, बिष्णु खनाल, लक्ष्मण घिमिरे, बाबुराम रसाइली, नविन रसाइली र महेश भुसाल सदस्य रहेको ९ सदस्यिय कार्यालय व्यवस्थापन उप–समिति गठन गरि जिम्मेवारी तोकिएको छ ।

गत पौष १ गते अभियानको लोगो सार्वजनिक गरेर कार्यक्रमको औपचारिक घोषणा गरेको पत्रकार महासंघले हिजो बिहिबार जिल्ला स्थित सरोकारवालासंग सर्वपक्षिय बैठक समेत गरेको छ । जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहको स्थल टुडिखेललाई तय गरेको छ ।

बैठकले पर्यटन राज्यमन्त्री शुसिला श्रीपाली संयोजक, प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी,प्रदेशसभासदस्य द्धोय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको ४ सदस्यिय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, ६ वटै पालिकाका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निदेशक समिति र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल संयोजक र कार्यसमिति सहित क्रियाशिल पत्रकार सदस्य रहेको मुल आयोजक समिति बनाएको छ ।

महासंघले जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागेको अभियानका प्रवक्ता हृदय भुसालले बताउनुभयो । “आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

अर्घाखाँची पर्यटन प्रवर्द्धन अभियान २०८० मा के के कार्यक्रम गरिदै छ ?

√ पर्यटन बिकास तथा प्रर्वद्धन सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने ।
√ अर्घाखाँची जिल्लाको पर्यटनको बर्तमान अबस्था वारे जिल्लास्तर पालिका र वडास्तरमा जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी पर्यटन व्यवसायी, निजी क्षेत्र, पर्यटकिय स्थलका व्यवस्थापन समिती र संरक्षक सहित अन्य सरोकावाला संग बिभिन्न चरणमा अन्तरकृया तथा बैठकहरुको आयोजना गर्ने ।
√ जिल्ला स्तरिय पर्यटन प्रचार प्रसार समिती बिभिन्न सरोकारवाला सहित निमार्ण गर्ने र अभियानलाई ब्यवस्थित गर्ने ।
√ पर्यटन प्रवर्द्धन अभियानका लागी एक सल्लाहकार समिती, एक निर्देशक समिती र अन्य उपसमिती बनाई कामलाई व्यवस्थित गर्ने ।
√ पर्यटन बिज्ञ, पर्यटन पत्रकार समुह र अन्य पर्यटन संग जानकार भएका व्यक्तीहरु संग पटक/पटक भेटघाट बैठक सुझाब लिने र आबश्यक योजना बनाउने ।
√ जिल्ला र अन्तर जिल्लाका पत्रकार, मिडियाकर्मि बिच जिल्लाको पर्यटनका अबस्था/रिपोटिङ्ग त्यसको प्रभाव र बिगतको पर्यटन समाचार प्रकाशन / प्रशारण वारे छलफल तथा बिभिन्न चरणका बैठक तथा ज्ञान सिप आदान प्रदान गर्ने ।
√ जिल्लाका करिब ७० जना पत्रकारहरुलाई पर्यटन रिपोटिङ्ग सम्बन्धी तालिम संचालन गर्ने ।
√ मिडिया कर्मि र निजीक्षेत्र, पर्यटन ब्यवसायी बिच पटक पटक बैठक वस्ने तथा छलफल गर्ने ।
√ जिल्लाको पर्यटकिय गन्तब्यको नक्सांकन गर्ने ।
√ नेपाल एसोशियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स लुम्बिनी प्रदेशको टिम र सो संग सम्बन्धित सरोकारवालाहरु संग बैठक तथा छलफल गरि आबश्यक अन्य ठोस योजना बनाउने ।
√ जिल्लाका पर्यटकिय गनतब्यको प्रोफाईल तयार गर्ने ।
√ अभियानका मुख्य प्रचार टिम पत्रकारकै करिब १०० जना सम्मको बनाउने ।
√ होटल ब्यवसायी संग बैठक बसी यो अभियानमा होटलमा बिशेष छुट सहितको प्याकेज बनाउन आग्रह गर्ने । होटल अर्घाखाँचीको एप्स बनाउ आग्रह गर्ने त्यसका लागी सहयोग गर्ने ।
√ पत्रकारको प्रचार प्रमुख टिमले दैनिक एउटा समाचार अनिवार्य बनाउनका लागी सोही अनुसारको योजना बनाउने ।
√ पत्रकार टिमलाई पर्यटन प्रर्वद्धनका लोगो सहितको ज्याकेट, टोपी झोला, ब्याच र कलम उपलब्ध गराई पहिचान सहित करिब २ महिना पर्यटन रिपोटिङ्गका लागी फिल्डमा पठाउने ।
√ जिल्लाको पर्यटनका पहिचाहन गर्ने गरि ब्रोसर, डकुमेन्ट्री बनाउने ।
√ नेपाल सरकारका सम्माननिय प्रधानमन्त्रीबाट अभियानको सुभारम्भ आगामी माघ १ गते सन्धिखर्कमा गर्ने ।
√ पर्यटन सम्बन्धी कलाकार द्वारा जिङ्गल निमार्ण गरि करिब २ महिना टेलिकमसंग सम्झौता गरि बजाउने ।
√ जिल्ला भित्रने प्रवेश द्धार देखी सदरमुकाम र अन्य मुख्य स्थानहरुमा होडिङ्ग बोर्ड, फ्लाक्स वोर्ड, र केही मुख्य ठाउँमा टिजिटल बोर्ड राख्ने ।
√ जिल्लाका पर्यकिय स्थलहरुको फोटो प्रर्दशनी कार्यक्रम गर्ने ।
√ जिल्ला स्तरिय प्रर्यटन प्रवर्द्धन सामाजिक संजाल प्रतियोगिताको आयोजना गर्ने मापदण्ड बनाई प्रचारको आधारमा पुरस्कृत गर्ने । सो बिषयका समाचार बनाउने ।
√ जिल्लाका माध्यमिक बिधालयमा पर्यटन बिषयक निबन्ध, बक्तित्वकला र चित्रकला प्रतियोगीताको आयोजना गर्ने गराउने र पुरस्कारको ब्यवस्था गर्ने,उत्कृष्ट प्रतिभाको मिडियाद्धारा प्रतिभा प्रकाशन / प्रशारण गर्ने ।
√ जिल्लाका प्रमुख पयर्टकिय गनतब्यमा एकैपटक जिल्लाको सवै पत्रकारको टिम पुगी सरोकारवालाहरु सहित रिपोटिङ्ग गर्ने र प्रचार कार्यलाई तिब्र बनाउने ।
√ देशका मुख्य १० शहरमा जिल्लाका कम्तीमा १२ जनाको टोली गई प्रचार सामाग्री सहित अन्तरकृया र छलफल र स्वागत अर्घाखाँची कार्यक्रम संचालन गर्ने ।
√ भारतका कुनै २ ठाँउमा प्रचार प्रचार कार्यक्रम गरि स्वागत अर्घाखाँची अभियान बनाउने ।
√ Welcome to Arghakhanchi website संस्थागत रुपमा संचालनमा ल्याउने ।
√ स्थानिय उत्पादनको केही स्थानमा रैथाने खाना महोत्सव गर्ने ।
√ संचार पर्यटन प्रवर्द्धन पदयात्रा गर्ने ।
√ पर्यटन प्रवर्द्धनका लागी शान्ती दिप प्रज्वलन् सन्धिखर्कमा गर्ने ।
√ यातायात क्षेत्र संग स्वागत अर्घाखाँची प्रचार कार्यक्रमका लागी ब्याज ब्यानर सहित साझेदारी कार्यक्रम बनाउने ।
√ मुख्यगरि लुम्बिनी र सुपादेउराली मन्दिरमा सुचना डेक्स तयार गर्ने ।
√ नगर र जिल्ला स्तरमा पनि पर्यटन प्रवर्द्धन समिती निमार्णका लागी पहल गर्ने ।
√ मिडिया र पर्यटन बिषयक २ महिने रेडियो कार्यक्रम जिल्लाका सवै रेडियो प्रशारण गर्ने गरि संचालन गर्ने ।

√ जिल्लाबासी जिल्ला बाहिर रहेर पेशा ब्यवसाय गर्दै आउनु भएकाहरु संग छलफल गरि पर्यटन प्रवर्द्धनका लागी समिती बनाई जिल्लामा स्वागत कार्यक्रम बनाउने ।
√ दैनिक ५ मिनेट जिल्लाका मुख्य मिडिया बाट पर्यटन डायरी समाचार बुलेटिन बनाई प्रकाशन तथा प्रशारण गर्ने ।
√ जिल्लाबाट संचालन हुने अनलाईन मिडिया र सामाजिक संजाललाई बुष्ट गरि प्रचारलाई थप प्रभावकरी बनाउने ।

यो अभियानमा भए गरेका कार्यप्रगती बिभिन्न डकुमेन्ट, पर्यटन प्रोफाईल जिल्ला पर्यटनका लागी चाहिने अन्य आबश्यक सामग्री सहित पर्यटन जिल्ला सुचना केन्दको निमार्ण गरि आबश्यक बजेट बिनियोजन गरि जिल्ल्ला समन्वय समितीमा एउटा कार्यालय नै व्यवस्थापन गरि जिम्मा लगाउने अभियानको योजना रहेको छ ।
स्रोत : नेपाल पत्रकार महासंघ अर्घाखाँची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP