Trend
बुधबार , असार ४, २०८२

श्याम घिमिरे,
पुस १७ अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाउँपालीका वडानम्बर ९ का वडाअध्यक्ष महेन्द्रबाबु खनालले ९५ प्रतिशत घरधुरीको न्युनतम विद्युत महसुल आफै तिर्दे आइरहेको बताउनुभएको छ । वडामा रहेका झण्डै ७ सय २० घरधुरी संगै अन्य १० वटा सामाजिक संघ संस्थाहरुको वार्षिक ३ लाख १ हजार बराबरको विद्युत महसुल आफुले राज्यबाट पाउँने सेवा सुविधाबाट तिर्दै आएको उहाँको भनाइ छ । यस्तै वडा भित्र रहेका बढी विद्युत खपत गर्ने ५ प्रतिशतले मात्र आफै विद्युत महसुल बुझाउँदै आएको खनालले बताउनुभयो । चुनावी नारामा पनि आफुले राज्यबाट पाउँने सेवा सुविधा बापतको रकम जनताको सेवामा लगाउने प्रतिबद्धता गरेबमोजिम यस्तो काम गरेको वडा अध्यक्ष खनालको भनाई रहेको छ ।

खनालले आफ्नो कार्यकालमा वडामा अन्य बिकास निर्माणका कार्यलाई तिब्रगतिमा अगाडी बढाउदै लगीएको भन्दै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आफुले काम गरिरहेको पनि बताउनुभयो । वडाअध्यक्ष खनालको यस प्रकारको कार्यप्रति वडावासीहरुले भने खुसि व्यक्त गरेका छन । वडाअध्यक्ष खनालको जस्तै सिकोगर्न अन्य जनप्रतिनिधिहरुलाइपनि स्थानियहरुले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP