Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुस १७ अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाउँपालीका वडानम्बर ९ का वडाअध्यक्ष महेन्द्रबाबु खनालले ९५ प्रतिशत घरधुरीको न्युनतम विद्युत महसुल आफै तिर्दे आइरहेको बताउनुभएको छ । वडामा रहेका झण्डै ७ सय २० घरधुरी संगै अन्य १० वटा सामाजिक संघ संस्थाहरुको वार्षिक ३ लाख १ हजार बराबरको विद्युत महसुल आफुले राज्यबाट पाउँने सेवा सुविधाबाट तिर्दै आएको उहाँको भनाइ छ । यस्तै वडा भित्र रहेका बढी विद्युत खपत गर्ने ५ प्रतिशतले मात्र आफै विद्युत महसुल बुझाउँदै आएको खनालले बताउनुभयो । चुनावी नारामा पनि आफुले राज्यबाट पाउँने सेवा सुविधा बापतको रकम जनताको सेवामा लगाउने प्रतिबद्धता गरेबमोजिम यस्तो काम गरेको वडा अध्यक्ष खनालको भनाई रहेको छ ।

खनालले आफ्नो कार्यकालमा वडामा अन्य बिकास निर्माणका कार्यलाई तिब्रगतिमा अगाडी बढाउदै लगीएको भन्दै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आफुले काम गरिरहेको पनि बताउनुभयो । वडाअध्यक्ष खनालको यस प्रकारको कार्यप्रति वडावासीहरुले भने खुसि व्यक्त गरेका छन । वडाअध्यक्ष खनालको जस्तै सिकोगर्न अन्य जनप्रतिनिधिहरुलाइपनि स्थानियहरुले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP