Trend
बुधबार , फागुण ६, २०८२

पुस १९,भारतीय विदेश मन्त्री एस जयशङ्कर आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उहाँ आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम छ । भ्रमण तालिकाअनुसार विदेशमन्त्री जयशङ्कर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुहुनेछ । त्यसपछि दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट हुनेछ । दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उहाँ सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनुहुनेछ । पौने २ बजे दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भारतीय विदेशमन्त्री जयशङ्करले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ भोलि भारत फर्कनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP