पुस १९- पूर्वराजा ज्ञानेन्द्र शाहले देश यतिबेला जर्जर भएको टिप्पणी गर्नुभएको छ । भैरहवामा आज आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएको बताउनुभयो । बुढापाका अनुभवीहरुको विचारमा हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उहाँको टिप्पणी छ ।
पूर्वराजा शाहले राजनीतिक दलहरुप्रति संकेत गर्दै ‘हामी मात्र ठीक अरु बेठिक, हाम्रो बाटो मात्र सुबाटो अरुको कुबाटो’ भन्ने विचारबाट माथि उठ्न आग्रह गर्नुभयो । उहाँले आफू सधैं नेपालीको साथमा नेपाल भित्रै रहेको र नेपालीको सुख दुःख सुविधा असुविधा, बाधा पीडा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताउनुभयो ।