Trend
बुधबार , फागुण ६, २०८२

नेत्र मरासिनी  माघ,१४ अर्घाखाँची
संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला सिर्पालीले खेलको माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (आइतवार)बाट सुरु भएको १३ औं राष्ट्पति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिर्पालीले यस्तो बताउनुभएको हो । खेलले मानिसको चौतर्फी विकासमा सहयोग गर्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अर्घाखाँचीमा खेलको विकास गर्न प्रशस्त सम्भावना रहेकोले खेल क्षेत्रको विकास गर्न सके खेल तथा पर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

खेलकुदले मानिसको शारीरिक,मानसिक तथा सामाजिक बिकास गर्दै देश तथा बिदेशमा चिनाउन महत्वपुर्ण भुमिका खेल्ने भएकाले खेलकुदमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो । सन्धिखर्कको टुडिखेलमा आजबाट सुरु भएको खेल यहि माघ १६ गतेसम्म चल्ने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाका छ वटै पालिकाबाट बिभिन्न बिधामा खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP