Trend

श्याम घिमिरे,
माघ १६ अर्घाखाँची

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धनको हातमा सरकार आएसंगै मूलुकका प्रत्येक सूचकहरु फेल हुने क्रममा रहेको बताउनु भएको छ । एमाले अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आज (मंगलवार) बाट सुरु गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे ज्ञवालीले गत साउन महिनादेखि डेढ खरब भन्दा बढि ऋण उठाएर बल्लतल्ल तलब खुवाएको स्मरण गराउदै नेपालको इतिहासमा यति ठुलो समस्या कहिल्यैपनि नआएको जिकिर गर्नुभयो ।

सत्तामा टिक्ने स्वार्थकोलागी वर्तमान सरकारले परराष्ट्र नीतिलाइ समेत बिस्तारै शक्तिकेन्द्र तिर कोल्टे पार्दे लगेको आरोप लगाउदै ज्ञवालीले राष्ट्रिय हितमा कालाबादल मडारिएको भन्दै मूलुकमा देखिएका सबैखाले समस्याहरुलाई समाधानगर्न एमाले बाहेक अरु कुनै शक्ति नभएको दाबि गर्नुभयो । पुर्ब परराष्टमन्त्री समेत रहनुभएका ज्ञवालीले सरकारबाटै देशको राष्ट्रियतामाथी असर भएको बताउदै यसमा सबै चनाखो हुनुपर्नेमा जोड समेत दिनुभयो ।

तिन दिन सम्म चल्ने कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरे,लुम्बिनी प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कँडेल,केन्द्रीय सदस्यद्धय बोमबहादुर बिक,चेतनारायण आचार्य लगायतको उपस्थिति रहेको छ । प्रशिक्षण उद्घाटन कार्यक्रम पार्टी जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता र सचिब तोजबहादुर रायमाझी बिधानको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरबाट दुईसय भन्दाबढी नेतृत्वकर्ताहरुको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP