Trend

टेकराज भुसाल माघ १६,

स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गकाे अध्यक्षमा भुवानन्द भुसाल निर्वाचित हुनुभएको छ। मंगलबार सम्पन्न तेस्रो भेलाले भुवानन्द भुसालको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा हिमलाल खनाल, काेषाध्यक्षमा आरता बेल्वासे, सदस्यहरुमा क्रमशः खुबिराम खनाल, विष्णुप्रसाद खनाल, गीता चुदाली, जानका बन्जाडे र बाबुराम खनाल निर्वाचित गरेको छ।

त्यस्तै सल्लाहकार समितिमा खड्का बहादुर थापा, चन्द्रबहादुर केसी, रामप्रसाद खनाल र गाेपाल प्रसाद आचार्य र पदम बन्जाडे निर्वाचित हुनुभएको छ। भूमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाको विशेष आतिथ्यता रहेको भेला अध्यक्ष खड्क बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भुवानन्द भुसालको स्वागत मन्तव्य तथा सचिव खुविराम खनालको संचालनमा सम्पन्न भएको थियो। नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ. बन्जाडेको सम्झनामा स्थापित गरिएको प्रतिष्ठानले तेस्रो भेला सम्पन्न गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP