आइतबार २८ आषाढ २०८३

श्याम घिमिरे
माघ १७ अर्घाखाँची-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्घाखाँची आउनुहुने भएको छ । यहि माघ २० गते सनिवार राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गर्ने खुल्ला सभालाइ सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

सभापति लामिछाने सहित प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ र पार्टी केन्द्रिय सदस्य रमेश प्रसाइपनि अर्घाखाँची आउने भुसालले बताउनुभयो । लामिछाने अर्घाखाँची आउने भएसंगै जिल्लामा प्रचारप्रसार कार्यलाई  तिब्र पारिएको रास्वपा अर्घाखाँचीले जनाएको छ । यसअघि गत कार्तिक २० गते गर्ने भनिएको सभा जाजरकोट भुकम्पका कारण स्थगित भएको थियो ।


Last Updated on: January 31st, 2024 at 5:47 am
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया