माघ १८, २०८० बिहिबार- लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । दिवसका सन्दर्भमा यसवर्ष पनि विभिन्न कार्यक्रमहरू हुँदैछन् ।
TOP