
श्याम घिमिरे,
माघ २० सन्धिखर्क
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्घाखाँची आउनुभएकोछ । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा गर्ने खुल्ला सभालाइ सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु हिजो रातिनै सन्धिखर्कमा आइसकेको राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले जानकारी दिनुभयो । सभापति लामिछाने सहित प्रतिनिधि सभा सदस्य सुमना श्रेठ लगायतका नेताहरु सन्धिखर्क आइसकेको भुसालले बताउनुभयो । लामिछाने अर्घाखाँची आउने भएसंगै जिल्लामा प्रचारप्रसार कार्यलाई तिब्र पारिएको रास्वपा अर्घाखाँचीले जनाएको छ । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने पार्टीले जनाएको छ । यसअघि गत कार्तिक २० गते गर्ने भनिएको सभा जाजरकोट भुकम्पका कारण स्थगित भएको थियो ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा अहिले बिहान साढे सात बजे अर्घा भगवतिको प्राङगणमा पत्रकार सम्मेलन हुने बताइएको छ ।
